विषादी प्रयोग गर्दा एकदमै ध्यान दिनुपर्ने कुराहरु

चैत्र ३०, २०७७  |  बबिन थापा

farming blog cover img
नेपालका अधिकांश कृषकहरू विषादिको प्रकार, विषको स्तर, सुरक्षाको, सावधानी तथा आफ्नो स्वास्थ्य र वरिपरी वातावरणमा सम्भावित हुन सक्ने असरहरू बारे अनजान भएको पाइन्छ । रासायनिक विषादीहरु एकदमै आवश्यक पर्यो भने मात्रै प्राविधिक वा विज्ञको सल्लाह अनुसार प्रयोग गर्नुपर्छ   विषादीको प्रयोग गर्नु परेमा सहि विधिबाट आफ्नो स्वास्थ्य तथा वातावरणमा  क्षति नपुग्ने गरि साबधानी पुर्वक प्रयोग गर्नुपर्छ 

विषादी प्रयोग गर्दा एकदमै ध्यान दिनुपर्ने कुराहरु 
  1.  विषादी आफैमा एक प्रकारको विष हो। त्यसैले, प्रयोग गर्नु अघि दक्ष प्राविधिकको सल्लाह अनुसार मात्र विषादी किन्नुपर्छ, र सल्लाह अनुसार नै मात्रा मिलाएर प्रयोग गर्नुपर्छ।
  2.  विषादीको प्याकेट वा बोतलमा भएको रङ्गको सङ्केत हुन्छ (जस्तै: हरियो, निलो, पहेलो वा रातो) र सकेसम्म हरियो लेबलको नभए निलो लेबलको विषादी मात्र प्रयोग गर्नुपर्छ । 
  3.  विषादी प्रयोग गर्दा सुरक्षित भएर जस्तै: मास्क, पञ्जा, चस्मा लगाएर प्रयोग गर्नुपर्छ ।
  4.  चर्को घाम लागेको, पानी परेको र हावा चलेको बेलामा विषादीको प्रयोग गर्नु हुदैन। 
  5.  विषादी छर्दा अगाडी गएर छर्दै छर्दै पछाडी तिर सर्दै आउने गर्नुपर्छ ।
  6.  विषादी प्रयोग गर्दा केहि पनि खानेकुरा कह्नु हुदैन।
  7.  विषादी प्रयोग गरिसके पछि हात, खुट्टा, मुख, लगाएको कपडा र प्रयोग गरिएका सामग्रीहरू साबुन पानीले राम्रो सगँ धुने गर्नु पर्छ ।
  8.  विषादी छर्न प्रयोग गरिसके पछि स्प्रयेर, बाल्टी, मग आदि सामग्री सफा गरेर राख्ने गर्नु पर्छ।
  9.  बालबालिका र गर्भवती महिलाले विषादी प्रयोग गर्नु हुदैन।
  10.  विषादी प्रयोग गरिसकेको प्याकेट अथवा खोल धोएर गहिरो खाल्डोमा गाड्नु पर्छ। 
  11.  हरेक विषादी छरीसके पछि पर्खनु पर्ने समय हुन्छ,पर्खनुपर्ने अवधिको जानकारी लिएर मात्रै बाली टिप्नु पर्दछ ।

निम्न उल्लेखित बुँदाहरूको अपनाएर विषादीहरुबाट हुने हानिकारक असरहरू बाट आफु सँग सँगै वातावरण  आफ्नो बालीलाइ पनि जोगाऔ ।

प्रकाशित : चैत्र ३०, २०७७