सघन धान खेती प्रणाली

जेष्ठ ३१, २०७९  |  राजन राजवंशी

farming blog cover img


 

परिचयः

सघन धान प्रणाली नेपाली कृषकको लागि नौलो प्रविधि हो । कम पानी, बीउ र मल प्रयोग गरेर परम्परागत भन्दा बढी धान उत्पादन गर्न सकिने प्रविधिलाई सघन धान खेती प्रविधि भनिन्छ । सघन धान खेती माटो, पानी र पौष्टिक तत्वहरुको व्यावस्थापन प्रस्तुत गरेर धानको उत्पादत्व बढाउने पारिस्थितिक विधि हो । यो प्रविधि बिशेष गरी चैते धानमा प्रयोग गरेको देखिन्छ । सघन धान खेती प्रविधि कृषकले जानेका परम्परागत खेती भन्दा निकै फरक प्रविधि हो । यसमा ठिक समयमा ठिक काम गर्नु पर्दछ । भने बीउ राख्ने तरिका, बेर्ना सार्ने समय र प्रक्रिया फरक किसिमको हुन्छन्। यो प्रविधिको विकास दक्षिण अफ्रिकाको माडागास्करमा १९८० को दशकमा भएको थियो । नेपालमा SRI को नेतृत्व सन् १९९८ मा डा. राजेन्द्र उप्रेतीले गरेका थिए । उनि जिल्ला कृषिका अधिकारी थिए । हाल प्रदेश नं.१ को भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय बिराटनगरमा कार्यारत हुनुहुन्छ । उहाले कृषिमा PhD समेत गनु भएको छ । उनले यसको बारेमा कृषि र्जनलमा पढे र यसलाई प्रयोग गर्न निर्णय समेत गरे । पछि यसको सकारात्मक नतिजा सन् २००९ मा हिमालयन पर्माकल्चर ग्रुपले निकालेको थियो ।

सघन धान खेतीका केही मुख्य सिद्धान्तहरु :

क) कलिलो बीउः

धानको नर्सरीमा छरेर टुसाएको १० देखी १५ दिन अर्थात २ हप्ता भित्र बिरुवा सार्नु पर्छ । धानको बिउको बोक्राले बिरुवा नछाडिकनै बिरुवा सार्नु पर्छ । सानो अवस्थामा बेर्ना सार्दाखेरी बेर्ना बढ्न र फल्न सक्ने क्षमता घट्दैन ।

ख) एक बिरुवा :

साधारणतया कृषकहरुले आफ्नो खेतीमा ५,६ वटा सम्मको बिरुवा रोप्ने चलन हाम्रो समाजमा छ तर एस.आर.आइ. प्रविधिमा १ वटा बिरुवा मात्र रोप्नु पर्छ । बिरुवा उखेलेको १५ देखी ३० मिनटमा रोपी सक्नु पर्छ ।

ग) फराकिलो रोपाई :

यस प्रविधिमा बिरुवा २५ देखी ३० से.मि. को फरकमा रोप्नु पर्छ ।

घ) कम बीउ :

यस प्रविधिमा प्रति हेक्टर ५ किलो बीउ मात्र आवश्यक पर्छ ।

ङ) सधै पानी लगाउनु नपर्ने :

यस प्रविधिबाट खेती गर्दा धान रोप्न देखी फल्ने बेला सम्म माटो चिस्याउने तर पानी नजम्ने किसिमको सिचाई गरिनछ । धानको गाज आउने समयसम्म तीन पटक सिचाई गर्ने ।

च) गोडमेल :

यस प्रविधिमा गोडमेलमा बिशेष ध्यान दिनुपर्छ । कम्तीमा ३ देखी ४ पटक सम्म झारपात गोडमेल गर्ने यसको लागि ROTATORY WEEDER को प्रयोग गर्न सकिन्छ ।

छ) मलखाद :

सिंचितको लागि १००:३०:३०

असिंचितको लागि ६०:२०:२०

च) बिउ उपचार :

बिउ छर्नु भन्दा अघि बिउलाई १०-१५ मिनेट नुन पानीको घोलमा वा यूरियाको घोलमा डुबाउनु पर्छ त्यसछि भिजाएर जुटको बोरामा बउिको बोक्रा नआउनजेल सम्म राख्नु पर्छ।

ज) बेर्ना राख्ने तरिका

Ø  राम्रो बिरुवा १२-१५ दिन भित्र प्राप्त गर्न उपयूक्त सिचाई र ड्रनेजको सुविधा हुनुपर्छ ।

Ø  नर्सरी बेडको लम्बाई आवश्यकता अनुसार राख्ने ।

Ø  १ हेक्टर जग्गाको लागि १०० वर्ग मि. को नर्सरी राख्ने ।

Ø  १ हेक्टरमा बिरुवा हुर्काउन २०० फीट लम्बाई र १ मि. चौडाई पोलिथिन प्रयोग गर्ने ।

Ø  बनाएको फ्रेममा ८०% माटो, १५%मल, % धानको भुस राख्ने ।

Ø  त्यसपछि उक्त बेडलाई परालले छाप्ने ।

Ø  -६ दिनपछि २ पटक हजारीले सिचाई गर्ने ।

Ø  -१० दिनपछि हल्का यूरिया मल छर्कने ।

Ø  यसरी १५ दिनको बिउलाई खेतमा सार्न सकिन्छ

 

जमिनको तयारी :  

Ø  खेतबारी सफा र समथर भएको ।

Ø  झारपात तथा रोग कीराको बढी प्रकोप नभएको ।

Ø  तीन चार पटक गोडमेल गर्ने ।

Ø  कम्पोष्ट मल बढी प्रयोग गर्ने ।

SRI प्रविधिमा ध्यान दिनु गर्ने कुराहरु:

Ø   नर्सरीमा बीउ लगाउदा परम्परागत तरिका भन्दा अझै पातलो गरी राख्नु पर्छ, पछि खेत रोप्दा अलग अलग बेर्ना उखेल्न सकिन्छ ।

Ø   बीउ टुसाएको १५ दिनसम्म बेर्ना सार्नु पर्छ ।

Ø   बेर्ना उखेल्दा ध्यान पुर्याएर उखेल्नु पर्छ र घाममा नदेखाई रोप्नु पर्छ ।

Ø   यस प्रविधिमा धान रोप्दा अलग अलग गरी सिगै बिरुवा रोप्नु पर्छ ।

Ø   खेतमा बिरुवा लगाईसकेपछि धेरै पानी राख्नु हुदैन्।

SRI खेतीका विशेषताहरु:  

Ø  कम बीउ लाग्ने ।

Ø  वर्तामान तरिका भन्दा आधा मात्र पानी लाग्ने l

Ø  रोग, कीरा कम लाग्ने ।

Ø  धेरै उत्पादन प्राप्त हुने ।

Ø  बिषादीको खपतमा कमी ल्याउने ।

Ø  उत्पादित धान बिषादीरहित हुने ।

Ø  खेतबारीमा धानको बोट लड्ने सम्भावना कम,

Ø  कम बीउ र मलखाद प्रयोग हुने हुदा उत्पादन लागत कम हुने ।

Ø  गोडमेल गर्न सजिलो हुने ।

SRI को प्रयोग बाट के के गर्न सकिन्छ?

Ø  प्रति हेक्टरमा सरदर १ मे.टन उत्पादन सजिलै बढाउन सकिन्छ ।

Ø  बीउमा खर्च हुने धानको ९०% खाद्यान्नको लागि बचाउन सकिन्छ ।

Ø  धान खेतमा प्रयोग भईरहेको ५०% पानी बचाउन सकिन्छ ।

Ø  धान खेतमा प्रयोग भईरहेको ठुलो मात्राको बिषादी प्रयोग कम गर्न सकिन्छ ।

Ø  स्थानिय धानका जातहरुको संरक्षण गर्न सकिन्छ ।

Ø  माटो, पानी र वातावरण प्रदुषणमा कमी ल्याउन सकिन्छ ।

Ø  खाद्य संकटलाई कम गरी खाद्यन्न बस्तुमा बृद्धी ।

धानका जातहरु:  

Ø  कान्छी , मनसुली

Ø  राधा ७ ,

Ø  वर्षे२००३ ,

Ø  सुगन्धा ,

Ø  मन्सुली

Ø  चैते २ ,चैते ४

Ø  जया , लाल बासमती

Ø  हर्दिनाथ १, सर्जु ५२, आदी

- राजन राजवंशी


प्रकाशित : जेष्ठ ३१, २०७९