झोलमल (Liquid Organic Manure) [Blog]
वैशाख २२, २०७८  |  Bobin Thapa
झोलमल (Liquid Organic Manure)
झोलमल स्थानीय स्तरमा उपलब्ध सामग्रीहरुबाट तयार पार्न सकिने एक प्रकारको जैविक मल वा विषादि हो । यो मल गाईको पिशाब, गोबर र स्थानीय स्तरमा पाइने विभिन्न वनस्पतिको मिश्रणबाट तयार गरिन्छ । झोलमलमा गोबर र पिशाबलाई कुहाएर, यसमा रहेका ढुसी र व्याक्टेरियाहरुको संख्यामा वृद्धि गराइ मल र विषादीको रुपमा प्रयोग गरिन्छ । यो मल प्राङ्गारिक खेतीको लागि अति नै उपयुक्त मानिन्छ ।
झोलमलहरु मुख्य गरि ३ प्रकारका हुन्छन्। झोलमलको प्रयोजन झोलमल
१) खाद्यतत्व व्यवस्थापनको लागि - झोलमल १
२) रोग व्यवस्थापनको लागि - झोलमल २ र
३) किरा व्यवस्थापनको लागि - झोलमल ३
झोलमल बनाउनलाई आवश्यक सामग्री
झोलमल तयार गर्ने तरिका
तीनवटै प्रकारका झोलमल तयार गर्न सोही अनुसारका उल्लेखित सामग्रीहरु जुटाएर राम्रो सँग मिसाइ १५-२० दिन सम्म हावा नछिर्ने गरि बन्द गरेर राख्नु पर्दछ । यो १५ देखी २० दिनको बिचमा ३-३ दिनको फरक पारेर यसलाई चलाइराख्नु पर्दछl
झोलमल प्रयोग गर्ने तरिका:
झोलमल १: जग्गा तयार गर्नेबेलामा बिरुवा रोप्ने ठाँउमा सिधै माटो सँग मिलाएर अथवा विरुवा रोपिसकेपछी विरुवाको नजिकै १ भाग झोलमल १ मा ४ भाग पानी मिसाएर प्रयोग गर्न सकिन्छ ।
झोलमल २: माटोमा रहेका ढुसी र ब्याक्टेरियाको रोकथामका लागि यसलाई बिरुवा लगाइसके पछि १ भाग झोलमल २ मा ४ भाग पानी मिसाएर बिरुवाको नजिकको माटो भिज्नेगरि प्रयोग गर्नु पर्दछ ।
झोलमल ३: झोलमल ३ लाई सफा कपडाले छानेर आएको १ भाग झोलमललाई कलिलो बिरुवा भए ७ भाग र छिप्पिएको बिरुवा भए ५ भाग पानीमा मिसाएर स्प्रेको साहायताले ७ – ७ दिनको फरकमा प्रयोग गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ ।
यस्तै थप रोग किरा सम्बन्धि जानकारीको लागि आजै Geokrishi Farm एप आफ्नो मोबाइल मा download गरि आफ्नो बालीको सुरक्षा गर्नुहोसl Download गर्नको लागि , यो लिंक प्रयोग गर्नु होला
Link: https://bit.ly/GeoKrishiApp
(Source: प्रांगारिक कृषिको लागि उपयुक्त बाली संरक्षण विधि / ली-बर्ड पोखरा , नेपाल)