अनिलको कथा

आषाढ़ १६, २०७८  |  जियोकृषि

farming blog cover img

भनिन्छ, एउटा मैनबत्तीले आफ्नो आगो अर्को मैनबत्तीलाई दिदा आफ्नो आगो केहि कम नभइ जगत नै जगमन्न हुन्छत्यस्तै कृषिको बारे एउटा ज्वलन्त मैनबत्ती भएका छन अनिल आचार्य। आफुले जियोकृषि बारे सिकी सकेपछिउनले यस प्रविधिको प्रयोगबाट कृषिमा धेरै परिवर्तन ल्याउन सक्ने सम्भावना देखे र यसै विश्वासलाई बोकेर आफ्नो गाउँका किसानहरु माझ यस प्रविधिको फाईदाप्रयोग गर्ने तरिका र विभिन्न सुविधाका बारेमा ज्ञान बाड्दै गाउँलाई उज्यालो बनाउन सफल भएका छन। 

 

आफुलाई एउटा सामान्य किसानको छोरा भन्न रुचाउने अनिल आचार्यको जन्म धनकुटा जिल्लाको बेलारा गाउँमा भएको थियो। उनी कृषिमा खुब रुची राख्थे र घरको कृषिमा पनि सानै उमेर देखी सघाउने गर्थे। हुर्किदै गर्दा अनिलले आफ्नो गाउँमा बाली र बस्तुमा केही समस्या परे २ घण्टा हिडेर एग्रो-भेट दोकनबाट सामान ल्याउनु पर्ने पिडा निक्कै वर्ष भोगेको सम्झना गर्छन। यही समस्याको हल गर्नआफ्नो गाउँ-ठाउँको सेवा गर्ने लक्ष्यले उनले उर्लाबारीमा पशुधन बिज्ञान पढ्न झरेको पनि बताउछन । पढाई सकिसकेपछी गाउँ फर्केर आफ्नो कर्तब्य पुरा गर्ने र सिपको सदुपयोग गर्ने उनले लक्ष्य बोकेका छन। 

 

उर्लाबारीमा अवस्थित मदन भण्डारी स्‍मृति प्रतिष्ठानमा पशुशास्त्रमा प्राविधिक कोर्स गर्दै गरेका अनिल अहिले लुथरन विश्व फेडेरेसनदमकमा ओजेटि (On the Job Training) मा ब्यस्त छन। कोभिड माहामारीको कारणले जम्मा २ महिना राम्ररी क्लासमा पढ्न पाए पछि, lockdown का कारण उनको सम्पूर्ण पढाई अनलाइन मै सिमित भयो। बलियो पूर्वाधार नभएका कारण उनले राम्रो सँग सम्पूर्ण क्लास लिन सकेननतर उनको उर्जा देखेर मदन भण्डारी स्‍मृति प्रतिष्ठानका प्राध्यापकले उनलाई LWF जस्तो गरिममाया अन्तरराष्ट्रिय संस्थामा संलग्न हुने अवसर दिनुभयो र यसै अवसर मार्फत उनले जियोकृषिको ट्रेनिंग अफ ट्रेनार्स (प्रशिक्षकहरुको प्रशिक्षण) मा सहभागी भए।

 

उक्त तलिममा उनले जियोकृषि प्रविधी बारेमा थाहा पाए जुन उनले आफ्नै भाषामा भन्दा "यस्तो हुन सक्छ भनेर मैले सोचेकै थिएन" थियो । तालिम पाइसके पछि उनलाई जियोकृषिको प्रयोग र क्षमता माथि ठुलो विश्वास भयो र उनी यो प्रविधि अरु माझ सिकाउने काम गर्न निक्कै इच्छुक भए। तालिम पछी छलफल मै उनलाई यो प्रविधि अन्य २० जना किसान समक्ष पुर्याउने काम सुम्पियो र उनले केहि ढिलो नगरी आफ्नो गाउँमा यो प्रविधि सिकाउनको लागि दोश्रो लहरको lockdown अगावै योजना बनाएर लम्किए। दोश्रो लहरको lockdown को मुखैमा काम गर्ने योजना भएपछि उनले आफ्नो गाउँको यात्रा तय गरे र कष्ठका साथ धनकुटा पुगे। 

 

मोबाईल एपबाट प्रयोग गर्ने यो प्रविधिको लागि एउटा टचफोन आपरिहार्य हुन्छतर दुर्भाग्यवश अनिल सँग आफ्नो टचफोन भने थिएन। खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ अनिललाई फोनको अभावले रोकेन। उनले आफ्नो दिदीको फोन सापटी मागी गाउँका कृषकको घर दैलोमा पुगेर नै १-१ घण्टाको तालिम संचालन गरे। तालिममा उनले जियोकृषि के होकसरी प्रयोग गर्नेदर्ता कसरी गर्ने जस्ता सम्पूर्ण जानकारी प्रस्तुत गरे। साथ-साथै बालीमा केहि रोग किरा परेमा त्यसको फोटो पठाई तुरुन्तै त्यस रोगको व्यवस्थापन बिधी बारे जानकारी पाउन सक्ने बारे पनि सबैलाई भने। तालिमबाट सिक्ने कृषकहरु पनि धेरै उत्सहित भएको उनले बताए।

 

"जियोकृषिको प्रयोगबाट किसानहरुले आफ्नो बाली कसरी उत्पादन गर्नु पर्छ भन्ने जानकारी पाउछन् र केहि समस्या भएमा एप बाटै त्यसको समाधान बारे जानकारी पाउन सकिने ठुलो अवसर बारे भन्छन अनिल। अनिल मात्रै नभई तालिम लिने गाउँका अन्य कृषकहरुले पनि निक्कै सकारात्मक प्रतिकृया दिए। त्यहाँ सामान्यता १-२ घण्टा हिंडी लिएर आएको औषधीले काम गर्ला नगर्ला भन्ने थाहा हुँदैनथ्योतर अब औषधी लिन जादा कुन रोग लागेको हो र कुन औषधी चाहिएको छ भन्ने पनि ज्ञान लिइ जान पाउदा किसानहरु खुशी छन। प्राविधिक गाउँमा नआए पनि जियोकृषिबाट घरमा आफै प्रविधिक हुने अवसर भएको बताउछन बेलारा गाउँका स्थानीय बासिन्दा । 

 

त्यति मात्रै नभएरजियोकृषिबाट आफ्नो बाली उत्पादनमा कति खर्च भयो अनुरुप मुल्य निर्धारण गर्न सके र साथै आफ्नो वरीपरिको बजारको मुल्यबाट पनि आफ्नो बालीको मुल्य अनुमान गर्न सक्ने भएकाले किसानहरु उत्पादन मात्रै हैन फाईदा पनि वृद्धि हुने आश राखेका छन।

 

"मेरो मार्फत मैले गाउँमा केहि गर्न सकेकेहि नया प्रविधी भित्र्याउन सकेआफ्नो सानो प्रयासले गाउँका किसानहरुले फाईदा उठाउन सके,मेरो लागि त्यही नै हो सबै भन्दा ठुलो कुरा। आफुले सिकाउदै झन धेरै सिकिने रैछत्येसैले अब म मेरो गाउँ र नजिकैका गाउँहरुका किसानलाई पनि यो प्रविधि सिकाउन खोज्छु" भन्छन अनिल।अझै थप्छन "यस एपले प्रांगारिक उत्पादन बिधिमा दिएको जोड मलाई एकदमै मन परेको छ। मान्छेलाई अत्याधिक रसायनिक मलको प्रयोगले परेको माटोको असर बारे थाहा हुदैन। यस एपबाट कसरी प्रांगारिकलाई प्राथमिकता दिने भन्ने ज्ञान पनि मान्छे समक्ष पुग्न सक्छ।"

 

अनिलको अनुसार सिकेका किसानहरुले सजिलै प्रयोग गरिरहेका छन् र केहि समस्या भएमा उनले सहयोग गर्ने छन। हातहातमा प्रविधि पुग्ने र उत्पादनमा फरक आउने विश्वास बोकेका अनिल छिट्टै नया टचफोन किनेर अझै धेरै किसानलाई यो प्रविधी बारे जानकारी दिने योजनामा छन।






प्रकाशित : आषाढ़ १६, २०७८