समय सङ्गै परिवर्तित कृषि क्षेत्र

चैत्र ३०, २०७७  |  बिपिन सुवेदी

farming blog cover img

मानिस सामाजिक प्राणी हो। परिवर्तित समय सङ्गै मानिस सभ्य बन्दै गएको छ।वन जङलमा रमाउने परम्परा त्यागी आफ्नो समुदाय बनाएर  आफै उत्पादन गरि आफुलाई सभ्य समाजको सभ्य प्राणी भनेर चिनाउदै आयो। सोही क्रममा भोगेका समस्या निर्मुल पार्दै झन आधुनिक तरिका अपनाउदै जिवनशैली व्यती गर्नु मानिस को स्वभाव हो। त्यसैगरी  बाच्नका लागि आवश्यक गाँस,बाँस र कपास मुख्य भएको कुरा बुझे सङ्गै मानिस कृषिमा बढी प्राथमिकता दिन थाल्यो किनकी यी आधारभुत आवश्यकता को एक मात्र स्रोत कृषि हो। त्यसैले आफ्ना आवश्यकता परिपुर्ति गर्ने हेतु कृषि क्षेत्रलाई अगाल्दै आइयो। गाउँघरमै औजारहरु निर्माण गरि मलपनी बनाई कृषि गर्न थाले तर समय सङ्गै तरिका फरक हुँदै गयो ,रासायनिक मल आउन थाल्यो,आधुनिक औजार बन्न थाले। अनि सोही विषयमा पठनपाठन पनि सुरु भयो।यस्ले कृषि क्षेत्रमा धेरै परिवर्तन ल्याएतापनी  कोहि गाउँका मानिस यी सबै चिज बारे अन्जान छन् ।उनिहरुलाई सम्झाउने,सिकाउने र बुझाउने को कमि भएकै कारण उनी हरु परम्परागत शैलिबाट उत्पादन गरिरहेका छन् ।

वर्षौंदेखी परम्परागत विधिलाई अपनाएर आफ्नो जमिनमा कृषि गरिरहेका यहाँका किसानलाई नयाँ र आधुनिक तरिकाले कृषि  गर्न सहयोग गर्ने हेतुले म स्यवम गाउँमा गए।त्यहाँका सबै किसानलाई एकै ठाँउमा भेला पारेर बारिमा लगाइएको बाली,तरकारी हेरे।धेरै जस्तोले आफ्नो परिवारलाई पुग्ने गरि उत्पादन गर्दै र कोहि भने व्यवसायिक तरिकाले कृषिम लागेको पाएँ। तर धेरै जस्तो परम्परागत शैलिमा  काम गरेर उत्पादन सोछे जस्तो नभएको कुरा बुझियो।धेरै जानकारी र शिक्षाको अभावका बाबजुद कृषिलाई अघि बढाएको कुरा उल्लेखनीय हो।अनि त्यहाँ पुगे पछि कृषि क्षेत्रलाई व्यवस्थित बनाउन र उत्पादन बढाउन  Geokrishi App संचालन भइरहेको बताउदा उहाँको मुहारमा आशाका किरणहरु देखा परे।

Geokrishi एप Geokrishi Incubation center द्वारा स्थापित डिजिटल एप भएको जानकारी गराउदै आफ्नु यो क्षेत्रमा यश समुदाएको नेतृत्व गर्ने जिम्मा लिएको भनेर आफ्नो परिचय गराएँ ।आफ्नै ठाँउको युवाले यसरी घरदैलोमा आएर कृषिलाई माथि उठाउन नयाँ माध्यम छ भनेको सुन्दा सबैजना खुशीले फुरुङ्गै भएर सोही कुरा सुन्न सहभागी हुनु भयो।यसैबिच मैले Geokrishi का कामबारे प्रष्ट पारिदिए। खास विभिन्न गरि कृषि व्यवसाय क्षमता प्रदान गर्नु, सीप विकासमा मद्दत गर्नु,नेतृत्व गर्ने क्षमता बढाउन,सहि र व्यस्वस्थित ढङ्गमा कृषि सम्बन्ध काॠ गरन ,भिन्न भिन्न तालिम र सीप विकासका काम सिकाउन ,फार्म इङगेजमेन्ट गर्न प्रोत्साहन गर्नु, डिजान बनाउन सहयोग गर्नु, सहज तरिकाले कृषिमा योगदान पुर्याउनु यसको मुख्य उदेश्य हो। तर यो एप  बारे बुझ्न उहाँहरुलाई कठिनाई भएकाले सरल भाषामा कृषि क्षेत्रलाई माथी उठाउन र उत्पादन बढाउनका लागि ल्याइएको आधुनिक विधी हो भनेर सम्झाए। किसानलाई कृषिसङ्ग सम्बन्धित अनेक कुराको सुचना र ज्ञान दिई  यो क्षेत्रमा परिवर्तन ल्याउन सकिने कुराहरु बाताए। उत्सुकता पुर्वक यो कसरी चलाउने भन्दा एप मार्फत सिक्न र बुझ्न सकिन्छ भन्दा आफ्नो आशालाई निराशामा परिवर्तन गर्दै ठुलो मोबाइल नभएको दुखेसो पोख्नु भयो।अनि जहाँ इच्छा त्यहाँ उपाय हुने कुरा जनाउदै आफ्ना शहरमा पढ्दै गरेका छोराछोरिलाई सिकाउन र गराउन लगाउने र यदि त्यो नि गाह्रो भए सबैले अलिअली पैसा जम्म गरि सामुहिक रुपमा गर्न सकिने कुरा बाताउदा उहाँहरु खुशीले प्रफुल्ल हुनु भयो। अशिक्षित वर्गका लाई तालिमको व्यवस्था हुने र सहज रुपा सिकाइने कुरा बताए। आफ्नो परिवारको लागि मात्रै उत्पादन गर्न गाह्रो भएको अवस्थामा यसरी नयाँ तरिकाको विधि बारे थाहा पाएर खुशी साथ सहमती जनाउनु भयो। अनि सबै मिलेर फोटो ,भिडियो खिची यो सम्बन्धित भिन्न कुराहरु गरियो। 


प्रकाशित : चैत्र ३०, २०७७