विषादी प्रयोग गर्ने उचित विधिहरु

चैत्र ३०, २०७७  |  बबिन थापा

farming blog cover img
नेपालका अधिकांश कृषकहरू कीटनाशकको प्रकार, विषाक्तताको स्तर, सुरक्षाको  सावधानी तथा स्वास्थ्य र वातावरणमा सम्भावित हानिकारक असरहरू बारे अनजान छन् । जियोकृषिले कृषकहरुलाई विषादीको प्रयोग गर्नु परेमा सहि विधिबाट प्रयोग गर्ने सुचना र कृषकको स्वास्थ तथा वातावरणमा पुराउने क्षतिको न्यूनीकरणका लागि विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू समेटेर एउटा निर्देशनालय तयार गरेको छ ।

     विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कार्यहरु  :

  • -   विषादीको प्याकेटमा लेखिएका निर्देशनहरू राम्रोसगँ अध्ययन गरेर सोही वमोजिम वा दक्ष प्राविधिकको सल्लाह अनुसार अनुपात मिलाएर प्रयोग गर्ने ।
  • -   विषादीको प्याकेट वा बोतलमा भएको लेबल, जानकारी र रङ्गको सङ्केत (हरियो, निलो, पहेंलो वा रातो) हेरेर सुरक्षित विषादीमात्र किन्ने, विषादी प्रयोग गर्दा सकेसम्म हरियो लेबलको नभए निलो लेबलको विषादी मात्र प्रयोग गर्ने ।
  • -   विषादी प्रयोग गर्दा सुरक्षा पहिरनहरू जसैः मास्क, पञ्जा, चस्मा आदिको प्रयोग गर्ने ।
  • -   चर्को घाम लागेको बेला र हावा चलेको बेलामा विषादीको प्रयोग नगर्ने । 
  • -   विषादी छर्कदा लक्षित क्षेत्र वा बाली बाहेक अन्यत्र नपर्ने गरी छर्कने ।
  • -   विषादी छर्दै पछाडी तिर सर्ने ताकि छरिसकेको विषादीसगँ तपार्इको सम्पर्क नहोस् ।
  • -   विषादी प्रयोग गर्दा चुरोट वा अन्य खानेकुरा नखाने ।
  • -   बालबालिका र गर्भवती महिलाले विषादी प्रयोग नगर्ने ।
  • -   विषादी प्रयोग गरीसके पछि पर्खनुपर्ने अवधिको जानकारी लिएर मात्रै बाली काट्ने, फल टिप्ने काम गर्ने ।
  • -   विषादी प्रयोग गरिसके पछि हात, खुट्टा, मुख, लगाएको कपडा र प्रयोग गरिएका सामग्रीहरू साबुन पानीले राम्रो सगँ धुने ।
  • -   आँखामा वा कुनै शरीरको अंगमा परेमा तुरून्त स्वच्छ पानीले सफा गर्ने ।
  • -   विषादी छर्न प्रयोग गरिएका स्प्रयेर, बाल्टी, मग आदि सामग्री सफा गरेर राख्ने ।
  • -   विषादी प्रयोग गरिसकेको प्याकेट वा सिसी प्लास्टिकमा हालेर पानीको मुहान, पोखरी, खोलानाला, बालबालिका खेल्ने ठाँउ, पशुपक्षीको चरण क्षेत्र आदि भन्दा टाढा सुरक्षित तरिकाले फाल्ने वा नस्ट गर्ने अथवा यसलाई छुट्टै बाकसमा सुरक्षित स्थान वा बालबालिकाले नभेट्ने ठाँउमा राख्ने ।
  • -   विषादीलाइ पानी चुहिने तथा सिधै घाम पर्ने ठाँउमा नराख्ने ।

निम्न उल्लेखित बुँदाहरूको प्रयोग गरि विषादीहरु बाट हुने हानिकारक असरहरू बाट आफु पनि जोगौ र सँग सँगै आफ्नो बालीलाइ पनि जोगाअौ।

प्रकाशित : चैत्र ३०, २०७७