झोलमल (Liquid Organic Manure) [Blog]

वैशाख २२, २०७८  |  Bobin Thapa

farming blog cover img

झोलमल (Liquid Organic Manure) 


झोलमल स्थानीय स्तरमा उपलब्ध सामग्रीहरुबाट तयार पार्न सकिने एक प्रकारको जैविक मल वा विषादि हो । यो मल गाईको पिशाब, गोबर र स्थानीय स्तरमा पाइने विभिन्न वनस्पतिको मिश्रणबाट तयार गरिन्छ । झोलमलमा गोबर र पिशाबलाई कुहाएर, यसमा रहेका ढुसी र व्याक्टेरियाहरुको संख्यामा वृद्धि गराइ मल र विषादीको रुपमा प्रयोग गरिन्छ । यो मल प्राङ्गारिक खेतीको लागि अति नै उपयुक्त मानिन्छ । 


झोलमलहरु मुख्य गरि ३ प्रकारका हुन्छन्। झोलमलको प्रयोजन झोलमल 

१) खाद्यतत्व व्यवस्थापनको लागि - झोलमल १  

२) रोग व्यवस्थापनको लागि - झोलमल २ र  

३) किरा व्यवस्थापनको लागि - झोलमल  


झोलमल बनाउनलाई आवश्यक सामग्री 

झोलमल १ 

झोलमल २ 

झोलमल ३ 

५० लि. ड्रम

५० लि. ड्रम

५० लि. ड्रम

१७ के . जि. गाईको गोबर

२४.५ लि. गाईको पिशाव

१६ लि. गाईको पिशाव

१६ लि. गाईको पिशाव

२४. ५ लि. पानी

१६ लि. पानी

१६ लि. पानी

१ लि. ई एम झोल

१ लि. ई एम झोल

१ लि. ई.एम. झोल


१७ के .जि. वनस्पतिको पात (तितो टर्रो, अमिलो, पिरो, पर्पराउने, झम्झमाउने, चिलाउने)


झोलमल तयार गर्ने तरिका

तीनवटै प्रकारका झोलमल तयार गर्न सोही अनुसारका उल्लेखित सामग्रीहरु जुटाएर राम्रो सँग मिसाइ १५-२० दिन सम्म हावा नछिर्ने गरि बन्द गरेर राख्नु पर्दछ । यो १५ देखी २० दिनको बिचमा ३-३ दिनको फरक पारेर यसलाई चलाइराख्नु पर्दछl 


झोलमल प्रयोग गर्ने तरिका:

  •  झोलमल १: जग्गा तयार गर्नेबेलामा बिरुवा रोप्ने ठाँउमा सिधै माटो सँग मिलाएर अथवा विरुवा रोपिसकेपछी विरुवाको नजिकै १ भाग झोलमल १ मा ४ भाग पानी मिसाएर प्रयोग गर्न सकिन्छ । 

  • झोलमल २: माटोमा रहेका ढुसी र ब्याक्टेरियाको रोकथामका लागि यसलाई बिरुवा लगाइसके पछि १ भाग झोलमल २ मा ४ भाग पानी मिसाएर बिरुवाको नजिकको माटो भिज्नेगरि प्रयोग गर्नु पर्दछ । 


  •  झोलमल ३: झोलमल ३ लाई सफा कपडाले छानेर आएको १ भाग झोलमललाई कलिलो बिरुवा भए ७ भाग र छिप्पिएको बिरुवा भए ५ भाग पानीमा मिसाएर स्प्रेको साहायताले ७ ७ दिनको फरकमा प्रयोग गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ ।


यस्तै थप रोग किरा सम्बन्धि जानकारीको लागि आजै Geokrishi Farm एप आफ्नो मोबाइल मा  download गरि आफ्नो बालीको सुरक्षा गर्नुहोसl  Download गर्नको लागि , यो लिंक प्रयोग गर्नु होला

Link:  https://bit.ly/GeoKrishiApp 


(Source: प्रांगारिक कृषिको लागि उपयुक्त बाली संरक्षण विधि / ली-बर्ड पोखरा , नेपाल)




प्रकाशित : वैशाख २२, २०७८